रोनाल्डोको गोलले अल नासर बराबरीमा

एजेन्सी

शनिबार, २१ माघ २०७९, ११ : १६
रोनाल्डोको गोलले अल नासर बराबरीमा

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासर हारबाट जोगिएको छ ।

साउदी प्रो लिगमा गए राति भएको खेलमा रोनाल्डोले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।

यससँगै अल फतेहसँग अल नासर २ – २ को बराबरीमा रहेको छ। यो नतिजापछि अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

उसको १५ खेलबाट ३४ अंक छ। एक खेल बढी खेलेको दोस्रो स्थानको अल सबाबको समान ३४ अंक छ ।

प्रतिक्रिया दिनुहोस