बैतडी । प्रहरीले बैतडीमा लागूऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । बैतडीका प्रहरी प्रवक्ता योगेश खत्री नेतृत्वमा खटिएको प्रहरीको बिशेष अप्रेशन अन्तर्गत जिल्लाका तीन स्थानबाट चरेशसहित तीनजना पक्राउ परेका हुन् ।
जिल्लाको सुर्नया गाउँपालिका १ हटैराजका दीपक चन्दलाई १ सय ९९ ग्राम चरेशसहित पक्राउ गरिएको छ । उनले सञ्चालन गर्दै आएको श्रीकेदार हटैराज किराना पसलमा प्रहरीको बिशेष अप्रेशन अन्तर्गत खोजतलास गर्दा चरेश फेला परको थियो ।
दोगडाकेदार गाउँपालिका ७ खोचलेकका बिरसिंह कार्कीलाई १ सय ग्राम र दशरथचन्द नगरपालिका वडा नम्बर ८ पूजारी गाउँका नारायणसिंह थापालाई २ सय ८० ग्राम चरेशसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूमाथि लागुऔषध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ