पाकिस्तान । पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ।उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन्। उनका अनुसार मस्जिदभित्र उद्धार प्रयास जारी छ।
‘शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ।’पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङ्क्तिमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ माघ २०७९, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप : पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान