भूमिगत संगठनको नाममा चन्दा उठाउने कपिलवस्तुमा ४ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १५ : ०४
भूमिगत संगठनको नाममा चन्दा उठाउने कपिलवस्तुमा ४ जना पक्राउ

काठमाडौं । भूमिगत संगठनको नाममा चन्दा उठाउने कपिलवस्तुमा ४ जना पक्राउ परेका छन् । भूमिगत संगठन नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

त्यस्तै उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका(९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा माग गरेको प्रहरीले जनाएको छ । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएको सूचना आएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस