मोरङ । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपाली काँग्रेसले आफ्नो पोजिशन स्पष्ट बताउनु पर्ने बताएका छन् । विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले काँग्रेसले सत्ता पक्ष र प्रतिपक्ष के हो भनेर आफूलाई स्पष्ट पार्न नसकेको पनि आरोप लगाए ।
उनले काँग्रेस दिशाहीन अवस्थाको भएकाले पहिला सचिन्न आग्रह गरे । त्यस्तै राष्ट्रपति चुनावको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको पनि पोखरेलको टिप्पणी थियो ।
‘राष्ट्रपति चुनावको विषयमा प्रधानमन्त्री भूमिकामा शंका गर्ने ठाउँ छैन,’ उनले भने, ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन।’ प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रपति सत्ता गठबन्धन भित्रबाट नै होस भन्ने चाहेको बझ्नुपर्ने पोखरेलको तर्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल