काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् ।
कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का छन् ।राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् । उनीहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेका हुन् ।
आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने