क्यानले ‘लिग टू’को खेलमा सन्दीपलाई बोलाएन

सफल खबर संवाददाता

शुक्रबार, १३ माघ २०७९, २० : २६
क्यानले ‘लिग टू’को खेलमा सन्दीपलाई बोलाएन

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोगमा २० लाख धरौटी बुझाएर जेलबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजमा समावेश गरेको छैन ।

क्यानले यसअघि सन्दीपलाई खेलमा फर्काउनेबारे विचार गर्ने भने पनि लिग टूको त्रिकोणात्मक सिरिज खेलमा भने समावेश गरेको छैन । नामिबिया र स्कटल्याण्डविरुद्धको सिरिजका लागि सन्दीपबाहेक २८ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

लिग टूको सिरिजका लागि कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल, सन्दीप जोरा, यसैगरी किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रशिक्षका लागि बोलाइएका नयाँ क्रिकेटहरुमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ रहेका छन् । बिहीबारमात्रै क्यानका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकुवा गरेर खेलमा फर्काउनेबारे छलफल गरे पनि शुक्रबार घोषणा गरिएको लिग टूको खेलमा सन्दीपको नाम परेन ।