काठमाडौं । मंगलबार दिनभरजसो घटिरहेको सेयर बजार बढेर बन्द भएको छ । मंगलबार ८.१४ अंकले बढेको बजार २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बजार २१४० सम्म ओर्लिएको थियो । मंगलबार शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो । यस दिन कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन् ।
सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वामी लघुवित्तको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार