एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताए।
जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहको संख्यामा बृद्धी भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गरे । यसले देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाको भनाई छ ।
प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताए ।
१२ करोड ५० लाख बढी जनसंख्या रहेको जापानमा गत बर्ष ८ लाखभन्दा कम नयाँ जन्म मात्रै दर्ता गरिएको छ । सन् १९७० को दशकमा जापानमा बर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने