मेसी र रोनाल्डो दुबैले गरे गोल, पिएसजीको जीत

एजेन्सी

शुक्रबार, ०६ माघ २०७९, ०७ : ३२
मेसी र रोनाल्डो दुबैले गरे गोल, पिएसजीको जीत

एजेन्सी ।  विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हराएको छ ।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए ।

रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे । 

खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ ।

टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो । 

प्रतिक्रिया दिनुहोस