पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका २२ जनाको शव आफन्तलाई बुझाइएको छ । भेटिएका ७० शवमध्ये ४८ जनाको शव मंगलबार बिहान काठमाडौं लगिएको हो । बाँकी रहेका २२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको थियो । पोखरामा राखिएका सबै शवको पोष्टमाटम गरेर परिवारलाई बुझाइएको अस्पतालका निर्देशक भरत खत्रीले बताए ।
‘अस्पतालमा २२ जनाकै पोष्टमाटम सकिएसँगै सबै परिवारलाई बुझाइएको छ । ३ परिवारले अस्पतालकै शव गृहमा राख्नुभएको छ । यसमध्ये २ वटा शव गण्डकी प्रदेश बाहिरको हुनुहुन्छ । यसकारण यहाँ नै राख्दिनु भन्नु भएको छ । एक जनाको श्रीमानको पनि शव पहिचानका नभइसकेकाले यहाँ नै राखिदिन अनुरोध गरेपछि यहाँ नै छ,’ खत्रीले भने ।
मंगलबार बेलुका मात्र सम्पर्कविहीन गरेका एक जनाको शव भेटिएको छ । त्यो शवलाई बुधवार मात्र पहिचानका प्रक्रिया अगाडि बढाउने खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता