मेयरदाहालद्धारा भैतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १७ : १०
मेयरदाहालद्धारा भैतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठको ध्यानाकर्षण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भई रहेको विकास निर्माणको कार्यबारे उपप्रधान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएकी छन। मंगलबार भरतपुर महानगरपालिका सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले मन्त्री श्रेष्ठलाई भरतपुरमा निर्माणधिन संघीय आयोजनाामा भएका ढिला सुस्ती, अवरोध, जटिलता र भरतपुरमा आवश्यक पूर्वाधारको विषयमा ध्यानाकर्षण गराएकी हुन ।

मेयर दाहालले भरतपुरको बाईपास सडकखण्ड ७ वर्षसम्म पनि निर्माण हुन नसकेको, भरतपुरको रिङरोड निर्माण थप बजेटको आवश्यक परेको, क्रिकेट रंगशाला निर्माण अवरुद्ध बनेको लगायतको विषयमा ध्यानकार्षण गराएकी थिइन्। मेयर दाहालले महानगरभित्रका केही दीर्घकालिन महत्वका सडक पूर्वाधारमा राज्यको ध्यान पुग्नुपर्ने बताइन्। नवलपरासी जोड्ने गरी गोलाघाट वा घोसरीमा बनाउने गरी छिटै प्रक्रिया थाल्नुपर्ने बताइन्। उनले भरतपुर–मेघौली गोलाघाट सडकको बाँकी सडक स्तरोन्नती गरेर सहायक राजमार्गका रुपमा विकास गर्नुपर्ने बताइन् । मेयर दाहालले नारायणीमा सिग्नेचर ब्रीज निर्माण प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गरिन्।

मेयर दाहालले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न संघीय सरकार तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराइन् । भरतपुर महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारीले यो वर्ष ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उल्लेख गरिन् ।

भरतपुरको विकास निर्माणबारे बोल्नु हुँदै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले  उल्लेख गरे ।

यसैबीच मन्त्री श्रेष्ठ, भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल, मन्त्रालयका सचिव लगायतको टोलीले भरतपुरको ६ लेन सडक, बाईपास सडकको स्थलगत अनुगमन गरेको छ । सडक निर्माणका क्रममा देखिएको ढिलासुस्ती बारे मन्त्री श्रेष्ठले चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस