काठमाडौं । पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
क्याबिन क्रु एशोसिएशन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो ।आइतबार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।
७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजि कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता