काठमाडौं । आइतबार पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पहिचान गर्न काठमाडौंबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् । शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा आएर शवको परीक्षण थालेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन् ।
विमान दुर्घटना भएको सेती खोँचबाट संकलन गरिएका शवमध्ये ३ वटा शवको पहिचान भएको छैन । संकलन गरिएका ३९ शव पुरुष र २५ महिलाको शव भने पहिचान भइसकेको छ । अझैँ चार शव भने फेला परेको छैन । खोजी कार्य जारी रहेको छ ।
पहिचान गर्न नसकिएका शवहरुको पहिचान गर्न र पोस्टमार्टमका लागि डा. चौधरी र दाहाल पोखरा आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु