काठमाडौं । आइतबार पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पहिचान गर्न काठमाडौंबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् । शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा आएर शवको परीक्षण थालेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन् ।
विमान दुर्घटना भएको सेती खोँचबाट संकलन गरिएका शवमध्ये ३ वटा शवको पहिचान भएको छैन । संकलन गरिएका ३९ शव पुरुष र २५ महिलाको शव भने पहिचान भइसकेको छ । अझैँ चार शव भने फेला परेको छैन । खोजी कार्य जारी रहेको छ ।
पहिचान गर्न नसकिएका शवहरुको पहिचान गर्न र पोस्टमार्टमका लागि डा. चौधरी र दाहाल पोखरा आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता