काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुनेछ ।प्रशिक्षणमा करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षकको सहभागिता रहने छ । नियमित पछि क्रमैसँग विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत