राखेपले एशियाका लागि माघको दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्ने

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, २० : २६
राखेपले एशियाका लागि माघको दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुनेछ ।प्रशिक्षणमा करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षकको सहभागिता रहने छ । नियमित पछि क्रमैसँग विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस