काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले बीए एलएलबी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिवि कानुन संस्कायले गत मंसिर १७ गते बीए एलएबीको प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो ।
जसअनुसार लिखित परीक्षामा सहभागी भएकामध्येबाट नेपाल ल क्याम्पसका लागि १०५, पृथ्व्ीनारायण क्याम्पसका लागि ७० र नेशनल ल कलेजका लागि १०५ गरी कुल २८० जना उत्तीर्ण भएका हुन् ।
त्रिवि कानुन संकायका डीन कृष्ण प्रसाद बस्यालले सम्बन्धित कलेजहरुलाई विद्यार्थी भर्ना गर्नका लागि अर्को सूचना पर्खिन सूचित गरेका छन् । यस्तै रोल नम्बर ०४२६ र ८०७० का विद्यार्थीहरुको परीक्षाफल रद्द गरिएको पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाफल प्रकाशित
आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा
स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा