कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, १३ : ३७
कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया खुलाइएको भाषा परीक्षाका लागी १ लाख २ हजार भन्दा बढीले आवेदन दिएका छन् । कोरिया जान कोरिया खुलाइएको उत्पादनमूलक र कृषि क्षेत्रमा क्षेत्रमा एक लाख दुई हजार पाँच सय ८७ जनाले आवेदन दिएका हुन् ।

ईपीएस कोरिया शाखाका प्रवक्ता राजकुमार राईका अनुसार उत्पादनमूलक क्षेत्रमा तीन हजार पाँच सय र कृषि क्षेत्रमा एक हजार आठ सय जना गरी पाँच हजार तीन ३ सयको लागी आवेदन खोलिएको थियो ।

दुबै क्षेत्रमा क्रमशः ६७ हजार तीन सय एक्काइस र ३५ हजार दुई सय सतसट्ठी जनाको आवेदन परेको प्रवक्ता राईले बताए ।शनिबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय सकिएको छ । परीक्षाको मिति भने तत्काल तोकिएको छैन ।

 

 
 

प्रतिक्रिया दिनुहोस