काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।
सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा एमालेलगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठकमा यसबारे छलफल हुनेछ ।
कांग्रेसले विश्वासको मत दिने वा के गर्ने भन्नेबारे छलफल गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले भित्रभित्रै प्रचण्ड सरकार ढाल्ने रणनीति पनि बनाएको छ । यसैबीच संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका थिए ।
सभापति देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)