काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । मोरिससको पोर्ट लुइसमा सो भेटवार्ता भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्विर पोस्ट गर्दै खनाललाई नेपालको परराष्ट्रमन्त्री नियुक्तभएकोमा बधाइ दिएको बताएका छन् ।
आफूहरुबीच विभिन्न क्षेत्रमा गहिरो सहकार्यमार्फत साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल गरिएको उनको भनाइ छ ।
परराष्ट्रमन्त्री खनाल नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिससको राजधानी पोर्ट लुइस पुगेका हुन् । त्यसक्रममा भारतीय विदेशमन्त्रीसँग साइडलाइन भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहले दीर्घकालीन योजना केन्द्रमा राख्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड
परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको शिष्टाचार भेट
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन
वैश्विक चुनौतीको सामना गर्न सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री खनाल