काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ ।
क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टीमा फिक्सिङ भएकोबारे जानकारी भएमा क्यानको केन्द्रीय कार्यालय वा नेपाल टी-ट्वान्टी लिगको एन्टी करप्सन युनिट (एसयू)मा उजुरी गर्न आग्रहसमेत गरेको छ ।
‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुऱ्याउने गरि फैलाईएको यस्ता गतिविधि अन्त्य गर्ने नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउदै यस प्रकारका म्याच फिक्सीङका बारेमा जानकारी भएमा प्रमाण सहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी-ट्वान्टीको एन्टी करप्सन युनिट (एसयू)मा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
मिथ्या र भ्रामक सूचना नफैलाउन पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही