काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको समस्याबारे तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।
साथै उनले विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउने निर्देशन दिएका छन् ।
‘विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
कर्णालीका नेताहरुलाई अध्यक्ष ओलीको निर्देशनः ‘हावाको झोक्काको पछि होइन पार्टी निर्माणमा लाग्नुुहोस्’
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली
प्रश्न सोध्ने सांसदलाई प्रधानमन्त्रीको प्रतिप्रश्न ‘विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो हो र ?’