जनकपुरधाम । धनुषामा रेलले किचेर बुधबार एक पुरुष यात्रीको मृत्यु भएको छ । विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचिएर यात्रीको मृत्यु भएको हो ।
सो रेल भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो । वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए । लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या