धनगढी । कैलालीको अत्तरियाबाट चरेससहित एक जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका- २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट चरेससहित बझाङ दुर्गाथली गाउँपालिका- ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन्।
उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो वस्तु कट्टासहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ