धनगढी । कैलालीको अत्तरियाबाट चरेससहित एक जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका- २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट चरेससहित बझाङ दुर्गाथली गाउँपालिका- ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन्।
उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो वस्तु कट्टासहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ