काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरे । ‘अस्ति वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बुट पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’ शर्माले भने ।
उनले पाँच वर्षपछि कांग्रेस उदाउने दाबी गरे। ‘पाली कांग्रेसका लागि यो टर्निङ पोइन्ट हो। अहिले नहुनुपर्ने भयो। जे नहुनुपर्थ्यो भयो।’उनले थपे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा