काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा नै देउवाले फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् ।
कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज सोमबार सपथ लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार