काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् ।
कांग्रेस बाहेकको गठबन्धन बनाएपछि उत्पन्न राजनीति परिस्थितपछि आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न जवाफ दिएको बताए ।
सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, देशभरबाट साथीहरुले सोधिरहनुभएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ– 'डन्ट वरी'
कांग्रेस केन्द्रदेखि सातै प्रदेशका प्रतिपक्ष बस्नु परेको बारे सबैलाई थाहा नै भएको भन्दै आलोचना र आत्मालोचना गरिने बताए । 'भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ,' उनले अगाडि लेखेका छन्,'नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा