काठमाडौं । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ ।
शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् ।
महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन ९डीईआई० नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ ।
आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वहरूको सहभागीतामा आइसिटी अवार्डको ग्राण्ड फिनाले हुँदैछ । उक्त फिनालेमा वुमन आइकन सहित १२ बढी विधामा आइसिटी अवार्ड वितरण गरिदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल र ईएन्ड इन्टरनेसनलबिच समझदारी
एनसेलले तिर्यो सबैभन्दा बढी दूरसञ्चार कर, आरटीडीएफमा योगदान गर्नेमा पनि अग्रस्थानमा
सामसङ ग्यालेक्सी एस-२४ अग्रिम बुकिङ गर्ने ग्राहकले एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने
एनसेलविरुद्ध अमरेशको रिटमा कारण देखाऊ आदेश जारी
एनसेलविरुद्ध डा.अमरेशले दायर गरेको रिट न्यायाधीश सुवेदीको इजलासमा
जसपाले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने