सुर्खेत। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को खिरपानी सामुदायिक आधारभूत विद्यालयमा गाउँभरिका दुई जना विद्यार्थी छन्। तीन कक्षासम्म अध्ययन हुने विद्यालयमा जम्मा १४ जना विद्यार्थी छन् । सिंगो तुम्कोटबाट दुई जनामात्र विद्यार्थी स्कुल जान्छन् ।
गाउँका अधिकांश विद्यार्थी जिल्लाबाहिर र बौद्ध विद्यालय टोपे (लामा) अध्ययन गर्ने भएपछि यस्तो समस्या देखिएको हो। तुम्कोट गाउँका कक्षा ३ मा पेमा लुङडुप तामाङ र कक्षा १ मा नोरसाङ तामाङ मात्रै अध्ययन गर्छन् भने अन्य १२ विद्यार्थी जिल्लाबाहिरका छन् । यो विद्यालयमा तीन जना शिक्षक छन् । तीमध्ये एक शिक्षक प्राविको स्थायी दरबन्दीमा छन् भने अरु दुई जना प्राविको राहत कोटाबाट हुन् । अधिकांश बालबालिका बौद्ध विद्यालयमा टोपे (लामा) अध्ययन गर्न जाने भएकोले विद्यालयमा विद्यार्थी अभाव भएको शिक्षिका छिरिङ पामा लामाले बताइन् ।
सिमकोट गाउँपालिका– ४ को स्याम्ने गाउँको जनज्योति आवि निर्माण भएदेखि ताला लगाएको छ । विद्यालयमा नयाँ निर्माण भएको भवनका कक्षाकोठामा ताला लगाइएको छ भने विद्यार्थीलाई एउटै कोठामा बहुुकक्षा शिक्षण विधिबाट अध्ययन गराउने गरिएको छ । विद्यालयमा विद्यार्थी संख्या न्यून र शिक्षक दरबन्दी कम हुँदा शिक्षकले उक्त विधिबाट कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेको प्रधानाध्यापक कालीबहादुुर शाहीले बताए ।
नयाँ भूकम्पप्रतिरोधी भवन बने पनि शिक्षक दरबन्दी कम र विद्यार्थी संख्या न्यून भएका कारण भवनका कोठामा ताला लगाएर बन्द गर्नुपरेको बताए । उनले नयाँ भवन चारकोठे रहेको तर भवन निर्माण भएदेखि हालसम्म विद्यार्थीले पठनपाठन गर्न नपाएको जानकारी दिए । भवन गतवर्ष निर्माण भएको हो ।
विद्यालयमा नयाँ भवनका साथै अर्को पनि भवन भएका कारण सो भवनको एउटै कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेर बहुुकक्षा शिक्षण विधिबाट कक्षामा पठनपाठन हुने गरेको छ । १८ घरधुरी रहेको स्याम्ने गाउँमा विद्यालय आवश्यक भए पनि अधिकांश घरधुरीका अभिभावकले विद्यार्थीलाई सदरमुुकाम सिमकोटका विद्यालयमा पढाउन थालेपछि सो विद्यालयमा विद्यार्थी संख्या घटेको हो ।
सिमकोट गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले विद्यालयमा २७ जना विद्यार्थीको हारिजी भए पनि १० देखि १२ जना विद्यार्थी मात्र विद्यालयमा नियमित आउने गरेको अनुगमनका क्रममा पाइएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०६ पुस २०७९, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द