काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पारेका छन।
बुधबार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए। उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए ।
महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए। महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरू अघि बढाउने कुरामा आफू लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिला म हलबाट बाहिर निस्कन्छु: महामन्त्री शर्मा
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
कांग्रेस विभाजन गर्ने सपना कसैले नदेखे हुन्छः महामन्त्री शर्मा
जेनजीका माग कांग्रेसले सम्बोधन गर्छ : महामन्त्री शर्मा
सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैनः महामन्त्री शर्मा
गणतन्त्रको विकल्प छैन: महामन्त्री शर्मा