काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उनले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पारेका हुन्।
उनले मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उल्लेख गरे । उनले कुनै बेला एक्लै दुईतिहाइ बहुमत ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्नेबित्तिकै मन्त्री बनिहाल्नुपर्छ भन्ने बेला नभएको बताए ।
महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए । उनले कांग्रेसले गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०२ पुस २०७९, २१ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिला म हलबाट बाहिर निस्कन्छु: महामन्त्री शर्मा
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
कांग्रेस विभाजन गर्ने सपना कसैले नदेखे हुन्छः महामन्त्री शर्मा
जेनजीका माग कांग्रेसले सम्बोधन गर्छ : महामन्त्री शर्मा
सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैनः महामन्त्री शर्मा
गणतन्त्रको विकल्प छैन: महामन्त्री शर्मा