सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।
हत्या भएको १२ घण्टाभित्रै लुकीछिपी रहेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीजस्तो देखिने धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नाबय उपरीक्षक सुवास बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।
गाउँ नजिकै रहेको कर्जन्हा नगरपालिका–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मङ्गलबार अपराह्न बाटोमा लुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो धतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको सिरहा प्रहरीले जनाएको छ । सँगै रहेका महिलाले देखेपछि गाउँमा खबर पु¥याएका थिए । गाउँमा खबर आउनसाथ प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले पक्राउ परेकामध्ये एक जना युवकसँग महिलासँग नजिकको सम्बन्ध रहेको प्रारम्भिक अनुमानबाट खुलेको छ । लक्ष्मीनियाँकी श्रीमान् दीपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ