चितवन । भरतपुर–२, आपँटारीस्थि जलदेवी सामुदायिक वन उपभोक्ता समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद रवि लामिछानेले सामुदायिक वनको मर्म र भावनाविपरीत आफ्ना समर्थनका युट्युव र सामाजिक सञ्जालका प्रयोगकर्तालाई साथमा लिई पार्कभित्र प्रवेश गरी पदीय मर्यादाविपरीत कार्य गरेकोमा आपत्ति जनाएको छ ।
उक्त वन उपभोक्ता समूहले सांसदको गरिमामय पदको दुरुपयोग नगर्न, हस्तान्तरित वनको संरक्षण र सम्बर्द्धन गरिरहेका संघसंस्थालाई नतर्साउन र सांसदले गर्नुपर्ने काम कर्तव्य नभुल्न अनुरोध गर्दै सो गैरकानुनी कार्यको भत्सर्ना गरेको छ ।
जलदेवी पार्कभित्र हावाहुरीले ढलेका रुख, हाँगा भाँचिएको साथै विद्युत् हाइटेन्सन मुनिबाट फँडानी गरेको काठ सोही ठाउँमा छाड्दा चोरी भई हराउने सम्भावना भएकोले उक्त काठलाई संरक्षण गरी पार्कको विकास र विस्तार गर्ने प्रस्तावनाअनुसार पुराना कला सँस्कृतिको संरक्षण गर्ने उद्देश्यले राखिएको काठको विषयमा सार्वजनिक गरिएको विषयमा समूहले गम्भीर आपत्ति जनाएको छ ।
समूहले जारी गरेको विज्ञप्तिमा उक्त काठ ढिकी, रोटेपिङ, जाँतेपिङ, हलो, जुवा, कोल, काठेपुल, वन्यजन्तु संरक्षण गर्ने खोरजस्ता निर्माणका लागि चिरान गरी राखेको तर चाडवाड र लगत्तै मंसिर ४ गतेको निर्वाचनका कारण काम गर्न केही ढिलाइ भएकोले डिभिजन वन कार्यालयलाई पठाउन लगत उठाइएको अवस्थामा सांसद लामिछानेसहितको समूहले पार्कभित्र प्रवेश गरी पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लगाएको हो ।
सांसद लामिछाने केही दिन अघि युट्युवललायतका केही मिडियाका प्रतिनिधि बोकेर उक्त सामुदायिक वनको कार्यालयमा पुगेर जिल्ला वनले गर्नुपर्ने केरकार आफैले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवादमा सर्वोच्चमा आज सुनुवाइ हुँदै
रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीशद्वय रेग्मी र पोरखेलको इजलासमा
रविको मुद्दा संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा सुनुवाइ हुने
रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो
रवि लामिछानेको मुद्दामा सुनुवाइ सुरू
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै