चितवन । भरतपुर–२, आपँटारीस्थि जलदेवी सामुदायिक वन उपभोक्ता समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद रवि लामिछानेले सामुदायिक वनको मर्म र भावनाविपरीत आफ्ना समर्थनका युट्युव र सामाजिक सञ्जालका प्रयोगकर्तालाई साथमा लिई पार्कभित्र प्रवेश गरी पदीय मर्यादाविपरीत कार्य गरेकोमा आपत्ति जनाएको छ ।
उक्त वन उपभोक्ता समूहले सांसदको गरिमामय पदको दुरुपयोग नगर्न, हस्तान्तरित वनको संरक्षण र सम्बर्द्धन गरिरहेका संघसंस्थालाई नतर्साउन र सांसदले गर्नुपर्ने काम कर्तव्य नभुल्न अनुरोध गर्दै सो गैरकानुनी कार्यको भत्सर्ना गरेको छ ।
जलदेवी पार्कभित्र हावाहुरीले ढलेका रुख, हाँगा भाँचिएको साथै विद्युत् हाइटेन्सन मुनिबाट फँडानी गरेको काठ सोही ठाउँमा छाड्दा चोरी भई हराउने सम्भावना भएकोले उक्त काठलाई संरक्षण गरी पार्कको विकास र विस्तार गर्ने प्रस्तावनाअनुसार पुराना कला सँस्कृतिको संरक्षण गर्ने उद्देश्यले राखिएको काठको विषयमा सार्वजनिक गरिएको विषयमा समूहले गम्भीर आपत्ति जनाएको छ ।
समूहले जारी गरेको विज्ञप्तिमा उक्त काठ ढिकी, रोटेपिङ, जाँतेपिङ, हलो, जुवा, कोल, काठेपुल, वन्यजन्तु संरक्षण गर्ने खोरजस्ता निर्माणका लागि चिरान गरी राखेको तर चाडवाड र लगत्तै मंसिर ४ गतेको निर्वाचनका कारण काम गर्न केही ढिलाइ भएकोले डिभिजन वन कार्यालयलाई पठाउन लगत उठाइएको अवस्थामा सांसद लामिछानेसहितको समूहले पार्कभित्र प्रवेश गरी पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लगाएको हो ।
सांसद लामिछाने केही दिन अघि युट्युवललायतका केही मिडियाका प्रतिनिधि बोकेर उक्त सामुदायिक वनको कार्यालयमा पुगेर जिल्ला वनले गर्नुपर्ने केरकार आफैले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ
रवि लामिछानेलाई भिटामिन 'डी'को कमी