काठमाडौं । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।
ढकाललाई सांसदमा सिफारिस गरेपछि एमालेभित्रै विराेध भइरहेकाे छ । यसबारे सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन् :अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ मंसिर २०७९, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै