धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्रगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर(८ राजघाटका २३ वर्षीय युवक राजकुमार चौधरीको मृत्यु भएको हो।
चौधरीले चलाएको से।७प ७७९३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१(००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयका कैलालीले जनाएको छ।
चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताए। उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ मंसिर २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु