भक्तपुर। भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ । काठमाडौंको मुपानीबाट बोडेतर्फ आउँंदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले पैदलयात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको मृत्य भएको हो । दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो । उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाए । स्कुटी र उनी हाल मध्यपुरको प्रहरी बृत ठिमीको नियन्त्रणमा रहेको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते