ज्ञानेश्वर सामुदायिक वन भरतपुरको उत्कृष्ट गन्तव्य बन्छ : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २३ मंसिर २०७९, १९ : ५७
ज्ञानेश्वर सामुदायिक वन भरतपुरको उत्कृष्ट गन्तव्य बन्छ : मेयर दाहाल

प्रमिता भण्डारी

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्ञानेश्वर सामुदायिक वन क्षेत्रलाई पर्यटकीय आर्कषणको केन्द्र निर्माण गर्ने बताएकी छन। शुक्रबार ज्ञानेश्व सामुदायिक उपभोक्ता समूहको २३ औ साधारण सभालाई सम्बोधन गर्दै उनले जल, जमिन र वनको संगम ज्ञानेश्वलाई महानगरको मुख्य पर्यटकीय गन्तव्य बनाउन सकिने उल्लेख गरिन् ।

‘नारायणी तटबन्धको ठूलो रकमको ठेक्का यही क्षेत्रमा पर्छ,उनले भनिन् ,‘तटबन्धनको काम पनि सुरु भइसक्यो । तटबन्धनसँगै कंक्रिट पर्खाल र बाटो बन्छ । त्यपछि पर्यटक आउने क्रम बढेर जान्छ ।’ज्ञानेश्वर (सानो गढी) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र बाह्य र आन्तरिक पर्यटकको आगमनलाई वृद्धि गर्न भरतपुर महानगरपालिकाले पहल गर्ने बताइन् ।

मेयर दाहालले ज्ञानेश्वरमा मिनी जु निर्माण गर्न संघिय सरकारसँग बजेटको माग भएपनि पछिल्लो समयमा कटौती हुन पुगेकाले जु निर्माणको काम रोकिएको उल्लेख गरिन् । अर्को आर्थिक वर्षमा जसरी पनि बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरिन्।

उनले ५ वर्ष ज्ञानेश्वर सामुदायिक क्षेत्रमा भौतिक पूर्वाधार विकासमा भरतपुर महानगरपालिकाले करिब १ करोड बढी बजेट विनियोजन गरेको स्मरण गरिन् । ज्ञानेश्व क्षेत्रमा मानव र वनजन्तुको द्धन्द्ध न्युनिकरणको लागि मेसजाली फाउण्डेशनको लागि रु ३५ लाख विनियोजन भई अब केही समयभित्रै टेण्डर प्रकृया अगाडि बढाइने जानकारी दिइन् ।

ज्ञानेश्वर वन क्षेत्र भरतपुरको ७ मुख्य पर्यटकीय क्षेत्र मध्ये एक गन्तव्य हो । ज्ञानेश्वर क्षेत्रलाई सानो गढीका रुपमा पनि चिनिन्छ । भरतपुरको मुख्य बजार क्षेत्रबाट कम दुरीमा पर्ने भएकाले यहाँ वनभोज तथा अन्य पर्यटकीय गतिविधिका लागि मानिसहरु यहाँ जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस