कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । स्कुटरमा सवार अर्घाखाँचीका १७ वर्षीय किशोर साम्राट खनाललाई ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं। २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाइत भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरले बाटो काट्ने क्रममा दुर्घटना भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु