१६ वर्षिया किशोरी माथि जर्बजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, १२ : ३३
१६ वर्षिया किशोरी माथि जर्बजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौं । १६ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ९ ९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले  जनाएको छ ।  

उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस