एजेन्सी । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ ।
गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् । तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ ।
सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो । ुमैले मेरो फोनको स्क्रिनमा कुरान पढिरहेको थिएँ र त्यहाँ बम आयोु, दुर्घटनामा बाँचेका अजिम नाम गरेका एक व्यक्तिले भने । उनको दाहिने खुट्टा छर्राले चोट लागेको थियो । दुर्घटनाको समयमा बसमा ५२ जना मानिस थिए ।
‘बम सडकको छेउमा एउटा गाडीमा राखिएको थियो। बस आइपुग्दा विस्फोट गराइएको थियो’, उनले भने । आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ मंसिर २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट
अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाबारे राष्ट्रसङ्घको प्रतिक्रिया– अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वको सम्मान होस्
अफगानिस्तानमा नदी पार गर्ने क्रममा डुङ्गा डुब्योः २० जनाको मृत्यु
भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु