रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, १२ : ०२
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा गुजरा-४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले  मृत घोषणा गरेका थिए । 

लगत्तै उनका आफन्तहरूले चौधरीको  अन्त्येष्टि गर्न खोज्दा प्रहरी चौकी हरिनगर पोखरभिडाको टोलीले शवलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस