कास्की । प्रहरीले पाल्पाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का ३९ वर्षीय अनिल साइ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित अनिललाई पाल्पाकै बगनासकाली–३, पोखराथोक नजिकैबाट पक्राउ गरेको हो ।बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकलमा सवार अनिल सिद्धार्थ राजमार्गको पोखराथोकमा जाँच गर्ने क्रममा पक्राउ परेको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
अनिलको साथबाट प्रहरीले टर्सिरेक्स सय एमएलको पाँच बोत्तल, निट्राभेट–१० लेखेको नौ ट्याब्लेट, स्याम्पेक्स १६ ट्याब्लेट फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ