काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उनको भनाइ छ ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘मैले राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’ सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनले बताए ।
राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा भएको भन्दै प्रचण्डले भने, ‘त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।’ उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने आश्वासन समेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’