काठमाडौं । विश्वकप अन्तरगत समूह ‘ए’ मा रहेको आयोजक कतार आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमासेनेगलका बोउलाय डाइ, फामरा दाईधु, बाम्बा दिङ्गाले एक–एक गोल गरे ।
कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । दोस्रो खेलमा पनि हारेपनि कतार समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। पहिलो खेलमा कतार ईक्वेडरसँग पराजित बनेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल र नर्वे विश्वकपमा छनोट
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
ब्राजिल विश्वकपमा छनोट