एजेन्सी । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो ।
यससँगै इरानले वेल्सलाई पहिलो पटक पराजित गरेको छ । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो ।
खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को रोमान्चक जित दिलाए । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए ।
यस जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘बी’ मा इरान दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो । वेल्सले २ खेलमा १ अंक जोडेको छ । वेल्स पुछारमा रहेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै