काठमाडौं । एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् ।
काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् ।
‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।
नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए । ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा