काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने भएको छ । मंसिर ९ गते अर्थात् भोलि शुक्रबार बिक्री गर्ने गरी बैंकले आज दिउँसो २ बजे ट्रेजरीको सोझै बोलकबोल गर्ने भएको हो ।
बैंकका अनुसार २०७९ मंसिर ९ गते बिक्री हुने बिल्स आगामी चैत मसान्तसम्म अवधिको हुनेछ । इच्छुक काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ भने न्यूनतम् ५ करोड रुपैयाँदेखि ५ करोडले भाग गर्दा निशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँड भने बोलबमोजिमको वार्षिक प्रतिफल दर (यड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
१४ माइक्रोफाइनान्स राष्ट्र बैंकको कारबाहीमा
४० अर्ब रुपैयाँ दीर्घकालीन निक्षेप संकलन गर्दै राष्ट्र बैंक
पूर्वाधार विकास बैंकको कर्जा खरिद-बिक्री समय सीमा ३ वर्ष थप
ट्रेजरी बिलमार्फत १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी