कैलालीमा ६३ प्रतिशत मत खस्यो

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १९ : ४७
कैलालीमा ६३ प्रतिशत मत खस्यो

धनगढी। कैलालीमा आज सकिएको मतदानमा कूल मतदाताको ६३ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो।

जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन् ।आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत मत खसेको बताइएको छ । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस