फेरिए कैलाली प्रहरी प्रमुख, सिआईबीबाट एसपी नरेन्द्र चन्द खटिए

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०८२, ११ : ५५
फेरिए कैलाली प्रहरी प्रमुख, सिआईबीबाट एसपी नरेन्द्र चन्द खटिए

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख फेरिएका छन्। एसपी बालनरसिंह राणालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ भने उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसपी नरेन्द्र चन्दलाई पठाइएको छ।

यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई पनि फिर्ता बोलाएर दाङका कृष्णप्रसाद लम्साललाई कैलालीको प्रजिअको जिम्मेवारी दिएको थियो। साउन २३ गते कैलाली कारागारमा दुई पक्षबीच भएको झडपमा एक कैदीको मृत्यु भएपछि सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण प्रहरी र प्रशासन दुवै निकायको नेतृत्व परिवर्तन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस