दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर, रोकिएको मतदात आधा घण्टापछि सुचारू

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १४ : ३२
दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर, रोकिएको मतदात आधा घण्टापछि सुचारू

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । एक जना मतदाताले मतदान गर्ने क्रममा विवाद भएपछि विवाद भएको थियो । विवाद सान्य पार्न प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो । 

हवाई फायर हुँदा आधा घण्टा मतदान रोकिएको थियो । सरोकारवाला निकायसँगको छलफलपछि मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए । 

मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद भएको थियो । विवाद उत्पन्न भएपछि प्रहरीले सम्झाउने प्रयास गर्दा भीड आक्रोशित बन्दै प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायर गरेको हो । ​

सरोकारवाला निकायबीचको छलफलपछि अहिले अवस्थामा सामान्य बनेको डिएसपी पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस