सर्लाहीबाट २१० किलो गाँजा बरामद

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, १३ : ५६
सर्लाहीबाट २१० किलो गाँजा बरामद

सर्लाही । सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । मलंगवा नगरपालिका– ११ गमरियास्थित मलंगवा नवलपुर सडक खण्डबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।    

सुराकको आधारमा सशस्त्रको बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा  मिनरल वाटरको कार्टुनले छोपेर राखेको १४ पोका  गाँजा फेला पारेको हो । बरामद गाँजा र ट्रक आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई  बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस